नेप्से आज सम्मकै उच्च विन्दुमा,लगानीकर्ताको उत्साहजनक सहभागीता

काठमाण्डौ – साताको पहिलो कारोबार दिन आइतबार, नेप्से सूचकलडे अलटाइम हाइु रेकर्ड तोडेको छ।

बजार खुलेको १२ बजे सम्मा नेप्से सूचक ४४।६४ अंकले बढेर यस अघिको हाइु रेकर्ड तोडेको हो। यस अवधिमा नेप्से सूचक २१३२।९१ विन्दुमा पुगेको छ।

यसअघि नेप्सेले इन्ट्रा डे कारोबारमा २१२८।८५ विन्दुको रेकर्ड कायम गरेको थियो। आइतबार उक्त रेकर्डलाई तोडिएको हो।

यस अवधिमा १५१ वटा कम्पनीको ६ लाख ७० हजार कित्ता शेयर ४१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

प्रतिक्रिया