आजबाट प्रभु लाईफको शेयर कारोबार सुरु हुने,कतिमा हुन्छ पहिलो कारोबार ?

काठमाडौं–सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गरेको प्रभु लाइफ इन्स्योरेन्स नेपाल नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएपछि आज (आइतबार)देखि पहिलो पटक नेप्सेमा कारोबार हुँदैछ ।

प्रभु इन्स्योरेन्सको २ करोड कित्ता साधारण सेयर (आइपीओ) नेप्सेमा सूचीकृत भएको छ । आईपीओ बाँडफाँड पश्चात कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएर कारोबार हुन थालेको हो । कम्पनीको सिम्बोल पीएलआई पाएको छ । पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम १०९.५६ रुपैयाँ र अधिकतम ३२८.६८ रुपैयाँ तोकेको छ ।आइतबार स्पेसल प्री–ओपन सेसनमा कम्पनीको सेयर कारोबार भएमा दोस्रो बजारमा पनि कारोबार सुरु हुनेछ ।

कम्पनीले सर्वसाधारण र कर्मचारीका लागि ६० करोड रुपैयाँको साधारण सेयर जारी गरेपछि कुल चुक्ता पुँजी २ अर्ब रुपैयाँ बराबरका सेयर नेप्सेमा सूचीकृत भएको छ ।कम्पनीले मंसिर २९ गते देखि पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया