काठमाडौ – भारतको केन्द्रीय औषध मानक नियन्त्रण संगठनको ( सेन्ट्रल ड्रग कन्ट्रोल आर्गनाइजेसन ) कोभिड– १९ सम्बन्धी विशेषज्ञ समितिले हिजो शुक्रवार नयाँ वर्षको दिन अक्सफोर्डको कोरोना भ्याक्सिनलाई प्रयोगमा ल्याउने आपतकालीन अनुमति दिएको छ।
यस अनुमतिका साथै भारतमा भ्याक्सिनेसनको ढोका खोलिएको छ। इंग्ल्याण्डको अक्सफोर्ड युनिभर्सिटीले भ्याक्सिन निर्माता कम्पनी एस्ट्रेजेनेकाको सहयोगमा यो भ्याक्सिन बनाएको हो। भारतको पुणे स्थित सीरम इन्स्टिच्यूट ऑफ इण्डियाले एस्ट्रेजेनेकासंग भ्याक्सिन उत्पादन गर्ने समझौता गरेको हो। सीरम इन्स्टिच्यूट ऑफ इण्डिया विश्व कै सबै भन्दा ठूलो भ्याक्सिन निर्माता कम्पनी हो।
सीरम इन्स्टिच्यूटले अक्सफोर्ड / एस्ट्रेजेनेकाको भ्याक्सिनलाई ‘कोविशील्ड’ का नामले उत्पादन गरेको हो।
सीरम इंस्टीयूटका अतिरिक्त अमेरिकन / जर्मन कम्पनी फाइजर / बायोटेकले पनि भारत सरकारसंग आफ्नो फाइजर भ्याक्सिनका लागि अनुमति मागेको थियो। यसैगरी एक अन्य भारतीय कम्पनी हैदराबादको बायोटेकले स्वदेशमै निर्मित आफ्नो भ्याक्सिन ‘कोभ्याक्सिन’ का लागि भारत सरकारसंग अनुमति मागेको थियो। तर पहिलो अनुमति अक्सफोर्ड कै भ्याक्सिनले पाएको छ।
भारत सरकारले अक्सफोर्डको भारत निर्मित ‘कोविशील्ड’ लाई अनुमति दिनु २ दिनअघि नै इङ्गल्याण्डले अक्सफोर्डको भ्याक्सिनलाई अनुमति दिएको थियो। इङ्गल्याण्डले यस अघि गत वर्षको डिसेम्बरमै फाइजर भ्याक्सिनलाई अनुमति दिएको थियो।
अविकसित तथा साधन सुविधा कमजोर भएका देशहरुका लागि अक्सफोर्डको भ्याक्सिन नै अनुकूल रहेको छ। अक्सफोर्डको भ्याक्सिन पुरानो पद्धति (भाइरसबाटै बनाइने भ्याक्सिन – viral vector ) मा आधारित छ भने फाइजरको भ्याक्सिन नयाँ पद्धतिको ‘म्यासेन्जर आरएनए’ भ्याक्सिन ( part of virus genetic code ) हो। फाइजरको ‘म्यासेन्जर आरएनए’ भ्याक्सिनलाई माइनस ७० डिग्री सेल्सियसको तापमानमा राख्नु पर्ने हुन्छ। यसले गर्दा गरीब तथा अविकसित देशका लागि फाइजरको भ्याक्सिन भण्डारण तथा वितरणमा ठूलो चुनौती हुन आउँछ। अक्सफोर्डको भ्याक्सिनलाई भने ‘रेगुलर फ्रीज़िंग’ तापमानमै राख्न सकिन्छ।
नेपालको लागि यही खोप उत्तम हुने भन्दै यो खोप भित्राउने प्रकिया अघि। बढेको छ ।
नेपालको लागि उत्तम हुने भन्दै सरकारले खोप आयातमा अनुमति दिन लागेको छ । अहिले भारतमा यही खोप दिन थालिएको छ ।