"भिर्नी झोला" को सफलतापछि सञ्चारकर्मी अखेलिको "घर कता"

काठमाडौं - सांगीतिक क्षेत्र र गायन क्षेत्र सँगसँगै अगाडि बढाई रहेका लोकप्रिय सञ्चारकर्मी कृष्ण अखेलीको नयाँ गीत "घर कता" सार्वजनिक भएको छ । 

यस अघि उनको भिर्नि झोलामा बोलको गीत निकै चर्चा कमाउन सफल भएको थियो । अखेली पर्वतको स्थानिय रेडियोमा विगत एक दशक भन्दा लामो समयदेखि सञ्चारकर्मीको रुपमा काम गर्दै आएका छन् । 

उनको पछिल्लो गीत समेत सर्जक शिव अखेलीले लय तथा शब्द सिर्जना गरेका छन् भने गीत सबैलाई नचाउने खालको रहेको छ । शिवले निकै चोटीला शब्द गीतमा सिर्जना गरेका छन् । गीतमा माया प्रेमको कुरा उठाइएको छ । 

कृष्ण अखेलि र नविना सुवेदीले आज दिएका छन् भने कुमार केसीले गीतको निर्देशन गरेका छन् । म्युजिक भिडियोमा लोमस शर्मा र अस्मिता रनपालले अभिनय गरेका छन् । 

 

प्रतिक्रिया