माइक्रोसफ्ट अफिस स्पेसलिष्ट च्याम्पियनमा धौलागिरी मोर्डन इन्ष्टिच्युटकाे सहकार्य

काठमाण्डौ – धौलागिरी मोर्डन इन्ष्टिच्युट बागलुङले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका बिद्यार्थीबाट माइक्रोसफ्ट अफिस स्पेसलिष्ट वल्र्ड च्याम्पियनसिप गराउने भएको छ ।

पोखराको दिप आइटी एण्ड एजुकेशनल कन्सल्टेन्सीको सहकार्यमा उक्त च्याम्पियन गराउने भएको हो । जिल्ला तहबाट राष्ट्रिय र अन्तराष्ट्रिय तह सम्मको च्याम्पियन गराउने लक्ष बनाएको संचालक दिपेन्द्र लामिछानेले बताए ।

सहभागि हुने बिद्यार्थीले माइक्रोसफ्ट वर्ड, एक्सल र पावरव्वाइन्टमा विश्वव्यापी प्रतियोगिता गर्न पाउने बताइएको छ । कन्सल्टेन्सीले दोश्रोपटकको प्रतियोगिता गराउन लागेको लामिछानेले जानकारी दिए । बिद्यार्थीले बागलुङको हकमा धौलागिरी मोर्डन इन्ष्टिच्युटबाटै परीक्षा दिन पाउनेछन् । उत्तीर्ण भएर राष्ट्रिय तहमा भाग लिनु परे पोखरा जानुपर्नेछ । अन्तराष्ट्रिय तहमा जानुपरेमा अमेरिकामा पुग्नुपर्ने बताइएको थियो । कन्सल्टेन्सीले इन्ष्टिच्युटलाई पार्टनरको प्रमाणपत्र पनि प्रदान गरेको थियो ।

अन्तराष्ट्रिय बजारमा प्रतिष्पर्धी जनशक्ती उत्पादन गर्नकालागि यो प्रतियोगिता आयोजना गर्न लागिएको इन्ष्टिच्युटका प्रवन्धक ओमकार पौडेलले बताए । जिल्ला, नगरपालिका, गाउँपालिका र वडा तहसम्मका प्रशासनिक इकाइमा दक्ष जनशक्ती अभाव भएको बताइने गरिन्छ । यो प्रतियोगितामा उत्कृष्ठ हुने वा उत्तीर्ण हुनेलाई माइक्रोसफ्ट कंपनीलेनै प्रमाणपत्र दिने उनले बताए । लामिछानेका अनुसार जिल्ला तहको परीक्षा आगामी जेठमा, राष्ट्रिय तहको असारमा र अन्तराष्ट्रिय तहको साउनमा प्रतियोगिता हुनेछ । त्यसकालागि बिद्यार्थीले २ हजार १ सय रुपैयाँ तिरेर सहभागि हुन पाउनेछन् । पढ्नकालागि सामाग्री संस्थाले उपलब्ध गराउने समेत बताए । यस अघि सन् २०१३ मा नेपालबाट सहभागिले विश्व प्रतियोगितामा उत्कृष्ठ स्थान पाएको बताइएको छ ।

प्रतिक्रिया