काठमाडौं । अन्तरिम सरकारले पहिलो बैठक बसेर जेन–जी आन्दोलनमा मारिएका प्रति शोक र राहतसम्बन्धी निर्णय सार्वजनिक गरेको छ। गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालका अनुसार आगामी असोज १ गते शोक विदा दिने, मृतकहरूको सम्झनामा जेन–जी स्मारक पार्क बनाउने र घटनाबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने निर्णय गरिएको हो।
त्यसैगरी सरकारले आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने, मृतकका परिवारलाई जनही १० लाख राहत तथा अन्य खर्चका लागि थप पाँच लाखसहित कुल १५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।