काठमाडौं - लोकप्रिय गायक तथा सर्जक कुलेन्द्र विश्वकर्मा विभिन्न सांगीतिक कार्यक्रमहरूको लागि विभिन्न देशहरूमा यात्रामा जाने गर्छन्। उनका हरेक कार्यक्रमहरूमा दर्शकहरूको बाक्लो उपस्थिति हुने गर्दछ।
धेरै आयोजकहरूको रोजाइमा परेका कलाकारका रूपमा परिचित विश्वकर्माले हालसालै युएईमा आफ्नो सांगीतिक कार्यक्रम सम्पन्न गरेका छन्। उक्त कार्यक्रममा उनको प्रस्तुति हेर्नका लागि ठूलो संख्यामा दर्शक उपस्थित भएका थिए। विश्वकर्माले कार्यक्रममा लगभग आधा दर्जन गीतहरू प्रस्तुत गरी दर्शकलाई मनोरञ्जन दिएका थिए।
लोकदोहोरी क्षेत्रका चर्चित गायक विश्वकर्माको "सालको पातको टपरी" गीतले सर्वाधिक भ्यूज पाएको छ। उनी क्यानडा, अमेरिका, जापानजस्ता देशहरूमा समेत लोकप्रिय छन् र त्यहाँ उनका कार्यक्रमहरूको ठूलो माग छ। युएईमा प्राप्त माया र समर्थनप्रति विश्वकर्माले दर्शकहरूलाई धन्यवाद व्यक्त गर्दै, कार्यक्रमको सफल आयोजनाका लागि आयोजकप्रति आभार प्रकट गरेका छन्। कार्यक्रम विश्वकर्मा समाज युएइले आयोजना गरेको हो।