• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

चन्द्रागिरीको आइपिओ बाँडफाँड,कतिले पाए त शेयर ?

काठमाडौं– चन्द्रागिरी हिल्स लिमिटेडले स्थानीयका लागि आह्वान गरेको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड गरेको छ । आवेदन गर्ने ४ हजार ६ सय ४ जनाले शेयर प्राप्त गरेका छन् । कम्पनीको आईपिओमा ४ हजार ८ सय ८ जनाले आवेदन दिएको मध्ये २ सय ४ जनाको आवेदन रद्द भएको भएको थियो ।

कम्पनीको शेयरमा १० देखि ७० कित्तासम्म आवेदन गर्नेले माग अनुसार नै पाएका छन् । त्यस्तै ८० कित्ता भन्दा बढी आबेदन गर्नेले पनि न्युनतम ७० कित्ता शेयर पाएका छन् ।

गोलाप्रथाबाट ८० कित्ताभन्दा बढी आवेदन गर्ने १ हजार १६३ जनाले थप १० कित्ता शेयर पाएका छन् । यस्तै थप १० कित्ता नपाउनेहरुबाट ९ जनालाई थप १ कित्ता शेयर पाउने गरी बाँडफाँट भएको छ । कम्पनीले गत मंसिर १७ गतेदेखि पुस १ गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ६ हजार ८१९ कित्ता निष्काशनमा ल्याएको थियो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र काठमाडौँ जिल्ला अन्तर्गत चन्द्रगिरी नगरपालिका वडा नम्बर ३, ४, ६ र ७ (साविक थानकोट गाविसका सम्पूर्ण वडाहरु तथा साविक महादेवस्थान गाविस वडा नम्बर ३, ४, ५, ६, ७ र ८) एवं मकवानपुर जिल्ला अन्तर्गत थाह नगरपालिका वडा नम्बर ९ र १० (साविक चित्लाङ्ग गाविसका सम्पूर्ण वडाहरु) र इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ५ (साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु) मा स्थायी बसोबास गर्ने नेपाली नागरिकहरुका लागि सो शेयर निष्काशन गरेको थियो ।

प्रतिक्रिया