• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर

प्रभु लाइफ इन्स्योरेन्सको आइतवारबाट कारोवार हुने,सुरुवाती मूल्य कति पाउला?

काठमाण्डौ । भर्खर मात्र आईपीओ निस्कासन गरेको प्रभु लाईफ इन्स्योरेन्सले आँउदो आइतबारबाट दोस्रो बजारमा कारोवार गर्ने गरि प्रक्रिया अघि बढेको छ । अहिले कम्पनी नेप्सेमा सूचिकृत प्रकृयामा रहेको छ ।

यहि शुक्रवार सम्ममा नेप्सेमा सूचिकृत भइसक्ने गरि काम भइरहेको कम्पनीले जनाएको छ । कम्पनीको शेयर शुक्रबार भित्रै नेप्सेमा सूचीकृत भए आइतबारदेखि दोस्रो बजारमा कारोबार आउनेछ ।

कम्पनीले मंसिर २९ गते देखि पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रति शेयर बुक भ्यालु ११२ रुपैयाँ ९४ पैसा छ । त्यस अनुसार कम्पनीको शेयरको न्यूनतम ११२ देखि ३३८ रुपैयाँको हाराहारीमा कारोबार खुल्न सक्ने अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया