नबिल बैंक र युनाइटेड फाइनान्सले एकिकृत काराेबार सुरू गर्ने मिति तय

काठमाण्डौ - नबिल बैंक लिमिटेडले युनाइटेड फाइनान्स कम्पनी लिमिटेडले असार २७ गतेदेखि एकीकृत कारोबार थाल्ने भएका छन् ।

नबिल बैंकले युनाइटेड फाइनान्सलाई १०० बराबर ३५ को सेयर स्वाप रेसियोमा प्राप्त गर्न लागेकाे हाे । जस अनुसार युनाइटेड फाइनान्सको १०० कित्ता सेयर हुनेले अब एक्विजिसनपछि नबिल बैंक लिमिटेडको नाममा ३५ कित्ता सेयर प्राप्त गर्नेछन् । 

 

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै कम्पनीलाई असार १५ गते, मंगलबार अन्तिम स्वीकृती प्रदान गरिसकेकाे छ । कम्पनी रजिष्ट्रार कार्यालयले पनि असार १८ गते स्वीकृती प्रदान गरेकाे थियाे ।

 

त्यसैगरी, दुवै कम्पनीकाे असार ५ गते, शनिबार सम्पन्न भएकाे विशेष साधारण सभाले प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए । 

प्रतिक्रिया