सानिमा बैंकको आवेदन दिने आज अन्तिम मिति,तपाई छुट्नु त भएन ?

काठमाण्डौ । ८.५ प्रतिशत ब्याज दिने गरि सानिमा बैंकले निस्कासन गरेको ऋणपत्रमा आवेदन दिने पौष १५ गते अन्तिम दिन हो ।

न्युनतम २५ कित्ताको लागी बैकले आवेदन खुल्ला गरेको थियो । पौष १ गते देखि आवेदन खुलाएको बैकले पुस १५ गते आवेदन बन्द गर्दै छ । बैकले ४ अर्व बराबरको ४० लाख कित्ता ऋणपत्र विक्रिमा ल्याएको हो ।

आवेदकले कम्तीमा २५ कित्ता सम्म आवेदन दिन सक्ने छन । बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ । यसैगरी, सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ८० हजार कित्ता कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

प्रतिक्रिया