• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

नविल बैंकको लाभांस राष्ट्र बैंकले रोक्यो,आखिर किन रोकियो त ?

काठमाडौ । बैंकहरुमा सबैभन्दा धेरै लाभांस घोषणा गरेर चर्चामा आएको नविल बैंकको लाभांस नेपाल राष्ट्र बैंकले रोकेपछि लगानीकर्ता आत्तिएका छन् ।

नबिल बैंकको विदेशी साझेदार एनबी इन्टरनेशनलमा लाभदायिक स्वामित्व नखुलेकाले उसले लैजाने पाउने लाभांश रोकिएको राष्ट्र बैंकले जनाएको छ।

नबिल बैंकले उक्त बिदेशी साझेदार कम्पनीमा लाभदायिक स्वामित्व खुल्ने कागज उपलब्ध नगराउदा सम्म लाभांश रोक्का गरिने राष्ट्र बैंकको भनाइ छ ।

नबिल बैंकमा बिदेशी कम्पनी भनिएको एनबि इन्टरनेश्नलको सेयर स्वामित्व ५० प्रतिशत रहेको छ।

नबिल बैंकले गत आर्थिक बर्षको मुनाफाबाट ३३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश गरि कुल ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रतिक्रिया