माघको जाडोमा पछ्यौरी माग्दै लोकप्रिय गायक बद्री सापकोटा

काठमाडौं - थोरै तर स्तरीय सिर्तजना गर्ने सर्जक तथा सुमधुर आवाजका धनी गायक बद्री सापकोटाको नयाँ गीत "ए गौरी" भर्खर मात्र सार्वजनिक भएको छ । 

"बस बस् पियारी" बाट सबै माझ चर्चित बनेका गायकको आवाजमा धेरै लोकप्रेमी लठ्ठ पर्ने गरेका छन् । उनको आवाजलाई सम्भावना भएको सुमधुर आवाज भन्ने गरिन्छ ।  

उनको पछिल्लो गीतमा माया प्रेमलाइ विषय बनाइएको छ भने बद्री सापकोटा र संगम लामिछानेको आवाज रहेको छ । उक्त गीतमा कृष्ण लामिछानेको शब्द तथा बद्री सापकोटाको संगित रहेको छ ।

गीतलाई बिनोद बाजुरालिको संगित संयोजन रहेको छ भने चर्चित मोडल अञ्जली अधिकारी तथा बिमल अधिकारी साथै रिया खड्का र दिपक पौड्यालको अभिनय रहेको छ। ‘ए गौरि’ गीत संगम लामिछाने युटुब च्यानलबाट सार्बजनिक भएको छ । मौसम हिमालीको निर्देशन रहेको उक्त गीत नवराज उप्रेतिले खिचेका हुन्।

 

प्रतिक्रिया