• गृहपृष्ठ /
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

बैंकर अनिल शाहको तलब दुई करोडबाट ३६ लाख घट्यो, किन ?

काठमाडौं–बैंकर अनिल शाहलाई नचिन्ने सायद कमै छन् । उनी बैंकर मात्र नभएर पव्लिक फिगर पनि हुन् ।

अब्बल बैंकरको पहिचान बनाएका अनिलको तलब कति होला ? आम जिज्ञाशा हुन सक्छ । शहले वार्षिक करिब दुई करोड रुपैयाँ तलब खाँदै आएका शाहको तलब करिब ३६ लाख रुपैयाँ घटेको छ ।

िअघिल्लो आर्थिक वर्षमा वार्षिक तलब तथा सुविधा एक करोड ९८ लाख १४ हजार रुपैयाँ भुक्तानी लिएका शाहको तलब गत आर्थिक वर्ष ०७६÷७७मा घटेर एक करोड ६२ लाख ३४ हजार रुपैयाँ भुक्तानी गरिएको छ ।

कोभिडको कारण नाफा घटे पछि शाहको तलब पनि घटेको हो । सञ्चालक समिति खर्च घट्दा सिइओको तलब पनि घटेको छ ।
अरु बैंकको तुलनामा नबिल बैंक लिमिटेडले सेयरधनीलाई धेरै बोनस बाँड्दैछ । नबिलले साढे ३३ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । बैंकले कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।बैंकले गत आर्थिक वर्ष ३ अर्ब ४ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेको छ । बैंकको चुक्ता पुँजी १० अर्ब ९ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया