• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

सस्तोमा किन्नेको भिडले नेप्से सामान्य अंकले बढ्यो,कारोबार चार अर्व माथी

काठमाण्डौ । मंगलबार नेप्से करिव ६ अंकले बढेको छ । योसँगै आज बजार २ हजार १३ विन्दुमा आएर बजार बन्द भएको छ ।

आइतवार घटेको नेप्से सोमबार र मंगलबार भने सामान्य अंकले बृद्धिभएको छ । नेप्से बढे पनि कारोवार रकममा भने उल्लेख्य बृद्धि हुन सकेन । आज नेप्सेका अन्य सूचकहरु भने घटेका छन ।

आज शेयर बजारमा २ सय ९ कम्पनीहरुको कारोवार भएको छ त्यो मध्ये ६५ कम्पनीहरुको शेयर मूल्य बढेको छ । नारायणी विकास बैक र नागरिक लगानी कोषको शेयर मूल्यमा सकारात्मक सर्किट लेवलमा कारोवार भयो । आज कारोवार हुनेमा नविक बैक सबै भन्दा अग्रस्थानमा रह्यो ।

बहुउदेश्य सहकारीका शेयर धनिले आज सबै भन्दा धेरै गुमाँए भने योसँगै ९५ कम्पनीको शेयर मूल्यमा गिरावट आयो ।

प्रतिक्रिया