बुक क्लोज गरे सँगै तीन बैंकको मूल्य समायोजन

काठमाडौं–बैंकहरुले लाभांश वितरण तथा हकप्रद निष्काशन गर्न बुकक्लोज गरे सँगै नेप्सेले तीन बैंकको मूल्य समायोजन गरको छ । नेप्सले हिमालयन बैंक, लुम्बिनी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंकको मूल्य समायोजन गरेको हो ।

नेप्सेले हिमालयन बैंकको १४ प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता शेयरमूल्य ५६१ रुपैयाँ निर्धारण गरेको छ । आइतबार बैंकको शेयर प्रतिकित्ता ६३९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १४ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पातिर गर्न साधारण सभा डाकेको छ ।

त्यसैगरी, लुम्बिनी विकास बैंकको नयाँ मूल्य निर्धारण गरेको छ । बैंकको ७ प्रतिशत बोनस शेयर समायोजन पश्चात नेप्सेले बैंकको शेयरमूल्य प्रतिकित्ता २०४ रुपैयाँ निर्धारण गरेको छ । बैंकको शेयर आइतबार दोस्रो बजारमा २१८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । बैंकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश ९बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यसैगरी, मितेरी डेभलपमेन्ट बैंकको १५ प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता शेयरमूल्य ३३७ रुपैयाँ निर्धारण गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको प्रस्ताव साधारण सभाबाट अनुमोदन गरेपछि कार्यान्वयनमा आउँछ ।

प्रतिक्रिया