ग्लोवल आइएमइ बैकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

ग्लोवल आइएमइ बैकको भाेली बुकक्लोज हुँदै छ । आज सम्म शेर किन्ने शेयर धनिहरुले मात्र लाभांस पाउने भएका हुँदा यो कम्पनीको शेयर किनबेचमा आज निकै चाप परिरहेको छ ।

यो समाचार तयार पार्दा सम्म बैकको ३ सय ५५ रुपैयामा कारोवार भइरहेको छ । करिव ७० हजार खरिद कर्ताहुँदा बैकको १ लाख ७४ हजार विक्रिकर्ता रहेका छन । बैकले गत आर्थिक बर्षको नाफाबाट १६ प्रतिशत लाभांस दिने घोषणा गरेको थियो ।

क बर्गको उत्कृष्ट बैक भएको कारण पछिल्लो समय यो बैकमा लगानीकर्ताको निकै आकर्षण हुँदै आएको छ । आज कारोबार समय भित्र शेयर खरिद गर्नेले मात्र लाभांसमा सहभागीता जनाउन पाउने छ ।

प्रतिक्रिया