सबैभन्दा ठूलो आइपिओ अर्को साता आउन सक्ने,सबैलाई ८० कित्ता पुग्ने

काठमाडौं– नेपालको इतिहासमै सबैभन्दा ठूलो आइपिओ इन्फास्टक्चर बैंकको आवेदन अर्को साता आउने गरी काम भइरहेको रहेको कम्पनीले जनाएको छ ।

केही दिन अघि धितोपत्र बोर्डले(आईपीओं) निष्कासन गर्नका लागि अनुमति पाएसंगै आवेदनको बाटो खुलेको हो । नेपाल धितो पत्र बोर्डले नेपाल इन्फास्टक्चर बैंकलाई ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशनका लागि अनुमति दिएको थियो ।

अब इन्फास्टक्चर बैंकलाई आठ करोड कित्ता शेयरको आईपीओ खोल्ने बाटो खुलेको छ । बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलका अनुसार बैंकले प्रतिकित्ता १०० रुपैयाँ दरको ८ करोड कित्ता आईपीओ निष्काशन गर्नेछ ।

पूर्वाधार क्षेत्रमा लगानी गर्न स्थापना भएको यो बैंकको चुक्ता पुँजी १२ अर्ब रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि पुँजी २० अर्ब रुपैयाँ पुग्नेछ ।

अहिलेकै अवस्थामा आवेदन परे पनि हरेक आवेदकलाई ५० कित्ता भन्दा धेरै कित्ता शेयर पर्ने छ । आवेदक घटे भने ८० कित्ता भन्दा धेरै शेयर पर्ने देखिन्छ ।

प्रतिक्रिया