काठमाडौं - नेपाली सांगीतिक क्षेत्रमा २ दशक लामो यात्रा गरिसकेका सफल सर्जक सागर विरही तथा उत्कृष्ट गीतहरूमा आवाज दिएर सर्वाधिक चर्चामा रहेका लोकप्रिय गायक कुलेन्द्र विश्वकर्माको सहकार्यमा नयाँ गीत रैछ माया अरिकैको भर्खर मात्र सार्वजनिक भएको छ ।
गीत सार्वजनिक भएको छोटो समयमा निकै चर्चा भइरहेको छ । गीतमा सागरले निकै चोटिला शब्द कोरेका छन् भने उस्तै सुमधुर लय समेत संयोजन गरेका छन् । गीतमा कुलेन्द्र विश्वकर्माको आवाज र अभिनय पनि देख्न सकिन्छ । आवाजमा भने सोना क्षेत्रीले साथ दिएकी छन् । उनको पनि आवाज निकै सुमधुर रहेको छ ।
रामजी लामिछानेको निर्देशन रहेको गीतमा विश्वकर्मालाई अभिनयमा जुना सुन्दास र स्मारिका कँडेलले साथ दिएका छन् । गीतको म्युजिक भिडियो पनि उत्कृष्ट बनेको छ । निर्माण युनिटले गीत सार्बजनिक भएपछि सबैबाट राम्रो प्रतिक्रिया आइरहेको बताएका छन् ।
गीत यहाँबाट हेर्न सकिन्छ