पठाओ कार्यालयमा तोडफोड,कारण यस्तो छ

काठमाण्डौ । आफुहरुले राखेको माग प्रति कम्पनीले कुनै सुनुवाइ नगरेको भन्दै पठाओ चालकहरुले आज कार्यालयमा तोडफोड गरेका छन ।

कम्पनीले आफूखुसी निर्णय गर्ने गरेको, कुनै किसिमको सेवा सुविधा नदिएको, राइडिङ बापतको कमिसन धेरै लिएर कामदार मार्ने काम गरेको भन्दै पठाओ राइडरहरूले सोमबार कार्यालय तोडफोड गरेका हुन्। उनीहरुले ११ बुँदे मागपत्र पेस गर्दै माग पुरा नभए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

पठाओको कार्यालय मध्यबानेश्वरमा आज उनीहरुले तोडफोड गरेका हुन । कमिशन घटाउनु पर्ने,विमा गरिनु पर्ने लगाएका माग राख्दै उनीहरुले असन्तुष्टी पोखेर कम्पनीलाई ज्ञापनपत्र बुझाएका थिए ।

गत पुस ६ गते पेस गरेको मागपत्रको उत्तर पुस १३ गतेसम्म पनि नआएपछि सामूहिक रुपमै पठाओ त्यागको घोषणा गरेर कम्पनीमाथि ढुंगामुडा र तोडफोड गरेका हुन्।

प्रतिक्रिया