दुई अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

काठमाडौं–लक्ष्य अनुसार राजस्व संकलन नभएर सरकार सञ्चालन गर्न कठिनाई भैरहेका बेला नेपाल राष्ट्र बैंकले ट्रेजरी बिलमार्फत रकम संकलन गर्न लागेको छ । राष्ट्र बैंकल सोमबार दुई अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ छ । बोलकबोल प्रक्रियाका माध्यमबाट ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

बैंकका अनुसार १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल आगामी चैत १७ गते परिपक्व हुनेछ ।
यस्तै दुई अर्ब बराबरको ट्रेजरी बिल भने कूल ३६४ दिन अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल भने २०७८ पुस १३ गते परिपक्व हुनेछ । बैंकले यसअघि पुस ६ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।

ट्रेजरी बिल भनेको के हो ?
ट्रेजरी बिल एक वर्षवा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

प्रतिक्रिया