काठमाडौं–नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो प्राथमिक शेयर (आईपीओं) निष्कासन गर्नका लागि एक बैंकले अनुमति पाएको छ ।
नेपाल धितो पत्र बोर्डले नेपाल इन्फास्टक्चर बैंकलाई ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशनका लागि अनुमति दिएको हो । अब इन्फास्टक्चर बैंकलाई आठ करोड कित्ता शेयरको आईपीओ खोल्ने बाटो खुलेको छ । बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलका अनुसार बैंकले प्रतिकित्ता १०० रुपैयाँ दरको ८ करोड कित्ता आईपीओ निष्काशन गर्नेछ ।
पूर्वाधार क्षेत्रमा लगानी गर्न स्थापना भएको यो बैंकको चुक्ता पुँजी १२ अर्ब रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि पुँजी २० अर्ब रुपैयाँ पुग्नेछ ।