फेरि उकालो लाग्दै सुनको मूल्य, कति पुग्यो तोलामा हेर्नुहोस

काठमाडौं - सुनको मूल्य फेरि एक लाख माथि पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रति तोलामा ८०० रुपैयाँले वृद्धि हुँदै पुनः एक लाख ३०० रुपैयाँ पुगेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य समेत तोलामा ८०० रुपैयाँले नै वृद्धि हुँदै आज ९९ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा २० रुपैयाँले वृद्धि हुँदै आज एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया