काठमाडौ– चन्द्रागिरि हिल्सले पहिलो चरणमा स्थानीयको लागि सार्वजनिक गरेको आईपीओको बाँडफाँड यसै साता गर्ने गरी तयारी थालेको छ ।
जसमा १६ करोड ८५ लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो ।जुन संस्थाले माग गरेको भन्दा करिब साढे ५ गुणा बढी हो ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको अनुसार ४ हजार ८१४ आवेदकले १६ लाख ८५ हजार ५३० कित्ता सेयरको लागि आवेदन गरेका थिए । । कम्पनीले प्रतिसेयर एक सय रुपैयाँको ३ लाख ६ हजार ८१९ कित्ता सेयर आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको थियो ।
पहिलो चरणको आईपीओमा आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नंम्बर ३, ४, ६ र ७ साविक थानकोट गाविसाका सम्पूर्ण वडा र साविक महदेवस्थान गाविसको वडा नं. ३, ४, ५, ६, ७, ८, एवं मकवनपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १० का नागरिकले मात्र आवेदन दिन पाउने व्यवस्था थियो ।
त्यस्तै कम्पनीले दोस्रो आईपीओ समेत यसै साताको अन्त्यसम्ममा निष्कासनको तयारी गरेको बिक्रि प्रबन्धकले जनाएको छ ।
दोश्रो चरणमा जारी पूँजीको १० प्रतिशत अर्थात १५ लाख ३४ हजार ९१ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन हुनेछ । दोस्रो चरणको आईपीओका लागि मिति तय भएको छैन । छिट्टै आईपीओ निष्कासनको तयारी गरिरहेको छ ।
कम्पनीले सर्वसाधारण र स्थानीय बासिन्दाका लागि गरी कुल १८ करोड ४० लाख बराबरको १८ लाख ४० हजार ९१० कित्ता शेयर बिक्रीका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। आईपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड पुग्नेछ ।