निरन्तर ओरालो लाग्दै बैंकको ब्याजदर, वैशाख महिनाको लागि पनि घट्यो

काठमाडाैं - कुनै समय तरलता अभावको समस्या भोगेका बैंकहरूलाई अहिले भने त्यसको ठिक विपरीत अधिक तरलताले पिरोली रहेको छ। 

अधिक तरलता भएसँगै बैंकहरूको ब्याजदर ओरालो लाग्ने क्रम जारी छ। बैंकहरूले वैशाख महिनाको लागि पनि ब्याजदर घटाएका छन्। १० खर्ब लगानी योग्य रकम बैंकमा थुप्रिएसँगै बैंकहरूले ब्याजदर घटाएर लगानी बढाउने प्रयत्न जारी राखेका छन् तर अपेक्षाकृत बैंकको लगानी भने बन्न सकेको छैन। 

बैंकहरूले शुक्रबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार चैतको तुलनामा ब्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ० दशमलव १९ प्रतिशत विन्दुले घटेको हो ।

चैत महिनाका लागि व्यक्तिगत मुद्दतीमा २० वटै वाणिज्य बैंकको अधिकतम औसत ब्याजदर ७.२५ प्रतिशत रहेकोमा बैशाख महिनाका लागि ७.०६ प्रतिशतमा कायम भएकोछ ।

प्रतिक्रिया