सार्बजनिक भएको छोटो समयमै लोकप्रिय गायक विष्णु खत्रीको नयाँ गीत उत्कृष्टको सुचिमा ( भिडियो सहित )

काठमाडौं - लोकप्रिय गायक तथा सर्जक विष्णु खत्रिको नयाँ गीत " लुम्बिनी" सार्वजनिक भएको छोटो समयमै चर्चाको शिखरमा पुग्न सफल भएको छ । 

गीतले लाखौं दर्शकको माया पाउँदै युट्युब ट्रेण्डिङमा समेत आउन सफल भएको छ । 

आर्थिक सन्देश सँग कुरा गर्दै खत्रीले गीतलाई दर्शक स्रोताबाट आएको मायाले निर्माण युनिट निकै उत्साहित भएको बताउनु भएको छ । 

खत्रीको आफ्नै शब्द, संगीत र आवाज रहेको गीतमा आवाजमा अनु चौधरीले साथ दिएकी छन् । पछिल्लो समय म्युजिक भिडियोमा रुचाइएको जोडी पल शाह र सनिशा भट्टराईले म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

गीत ४ लाख दर्शक बनाउँदै उत्कृस्टको २९ नम्मर सम्म आइपुगेको छ । 

 काजिश श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको भिडियो विष्णु खत्री युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । दुई दिनमै करिब चार लाखले हेरेको भिडियोको सम्पादन दीपक विष्टले गरेका हुन् भने अर्जुन तिवारीले खिचेका हुन् ।

 

 

प्रतिक्रिया