काठमाडौ । लामो समय देश लगानीकर्ताहरुले उठाउँदै आएको ब्रोकर कमिसन सम्बन्धी अब पूरा हुने भएको छ ।
आगामी साता देखि कमिसन घटाउने तयारी बोर्डले गरेको छ । केही दिन पहिले अर्थमन्त्री बिष्णु पौडेलले पनि कमिसन घटाउन निर्देशन दिएका थिए ।
हिजो एक कार्यक्रममा बोल्दै बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले अंग्रेजी नयाँ वर्ष २०२१ को सुरुवातबाटै ब्रोकर कमिशन घटाउने तयारी भएको जानकारी दिए ।
अहिले ०.४० प्रतिशत देखि ०.६० सम्म कमिसन लिइदै आएकोमा अब समग्रमा ०.२५ प्रतिशत गर्ने तयारी रहेको बोर्डले तयारी गरेको छ तर मोडालिटी भने अझै फाइनल नभएको जनाइएको छ।