नेप्सेले लाभांस पारित गर्न साधारण सभा बोलायो,कति दिँदै छ त बोनस

काठमाडौ । गत आर्थिक वर्षको नाफाबाट बोनस दिन नेप्सेले साधारण सभाको आह्वान गरेको छ । कम्पनीले आफ्ना शेयर सदस्यलाई ५० प्रतिशत लाभांस दिने घोषणा गरेको थियो ।

कम्पनीले चुक्तापुँजी ५० करोडको २० प्रतिशतका दरले हुन आउने बोनस सेयर र ३० प्रतिशतले हुन आउने १५ करोड रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) बितरण गर्दै छ ।

कम्पनीको ३९ औँ वार्षिक साधारणसभा पुस २८ गते डोकेको छ । सभा बिहान ११ बजेबाट काठमाण्डौको शान्तिमार्गस्थित यूएनआईमा रहेको नेप्सेको कार्यालयमा सुरु हुनेछ।

प्रतिक्रिया