दुई तिहाई केन्द्रीय सदस्यले ओलीलाई हटाए, माधव नेपाल नेकपाको अध्यक्ष चयन

काठमान्डौ- नेकपा औपचारिक रुपमा टुक्रिएको छ । आज बसेको दुई पक्षको बैठकले विभिन्न निर्णय गरेको छ । दाहाल नेपाल समूहको बोलाएको केन्द्रीय समितिको बैठकमा दुई तिहाइ केन्दीय सदस्यहरूको उपस्थिति थियो । सो बैठकले ओलीलाई अध्यक्ष बाट हटाउँदै माधब कुमार नेपाललाई नयाँ अध्यक्ष चयन गरेको छ ।

बबरमहलस्थित कार्की ब्याङक्वेटमा भएको बैठकले वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई अध्यक्ष चयन गरेको हो ।बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले ऐतिहासिक राजनीतिक परिवर्तन, संविधान, लोकतन्त्र, पार्टी एकताको विरुद्धमा कार्य गरेकाले पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेकाले पार्टीको अन्तरिम विधान अनुसार अनुशासनको कारबाही गरी पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ ।

त्यसपछि रिक्त हुन पुगेको एक जना अध्यक्ष पदमा नेता माधवकुमार नेपाललाई चयन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया