काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा उत्कृष्ट गीतहरू सार्वजनिक गर्दै चर्चामा रहेका युवा सर्जक तथा गायक नरेश खातीको फरक धारको नयाँ गीत ‘राजा’ भर्खरै सार्वजनिक भएको छ।
युवा–युवतीले मन पराउने प्रकारको यस गीतमा खातीले अडियो र भिडियो दुवैमा निकै मेहनत गरेका छन्। खातीकै शब्द र लय रहेको यस गीतमा एलिना चौहान र नरेश खातीको आवाज रहेको छ। स्याम श्वयत रसाइलीको संगीत संयोजन रहेको अडियो पक्ष सशक्त बनेको छ।
भिडियोतर्फ, चर्चित मोडल पल शाह र गरिमा शर्माले दमदार अभिनय गरेका छन्। गीतलाई विक्रम चौहानले निर्देशन गरेका हुन्।