• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

नेप्से र कारोबार रकम दुवै घटेर बजार बन्द,जीवन विकास लद्युवित्तको शेयरमा अत्यधिक माग

काठमाण्डौ - साताको अन्तिम दिन नेप्से र कारोबार रकम दुवै घटेर बजार बन्द भएको छ । 

दिनैभरि विक्री चाप बढेपछि नेप्से घटेको हो । १५ अंकले बजार घटेर समग्र बजार ३०८० विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि पनि दश अर्वमा सिमित भएको छ । 

आज शेयर बजारमा कारोबार भएका २१७ कम्पनीहरुमा ५९कम्पनीहरुको मात्र शेयर मल्य बढेको छ भने १२२ कम्पनीहरुको शेयर मुल्य भने घटेको छ । त्यस्तै २ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ । 

आज नेप्सेका अधिकांस उपसूचकमा रातो पोतिएको छ भने विकास बैक र होटल उपसमूह भने सामान्य बढेको छ । आज रिणी जलविद्युतको शेयर सर्किट लेवलमा खरि विक्री भएको छ । आज मात्र बजारमा कारोबार सुरु भएको जीवन विकास लद्युवित्तको शेयरको खरिद माग १५ लाख सम्म पुगेको छ । 

प्रतिक्रिया