नविल बैंकले ३५ प्रतिशत लाभांश दिने

काठमाडौं । नेपालमा बैंकहरुले गत आर्थिक वर्षको मुनाफा बाट लाभांश घोषणा गरिरहेका छन् ।

यसै बीच नविल बैंकले आर्थिक वर्ष २०७६–०७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकका सेयरधनीले ३३.५ प्रतिशत अर्थात् १ सय कित्ता बराबर ३३.५ कित्ता सेयर पाउनेछन् भने बाँकी १.७६ प्रतिशत कर प्रयोजनका निमित्त छुट्याइएको हो ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

प्रतिक्रिया