काठमाडौं — सांगीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को छैटौँ सिजनको उपाधि धादिङका प्रशेष पाण्डेले जितेका छन्। कोच खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी पाण्डे शुक्रबार राति सम्पन्न ग्रान्ड फिनालेमा विजेता घोषित भए।
प्रतियोगितामा कोच मेलिना राईको समूहबाट प्रतिनिधित्व गरेका खोटाङका रोशन राई फस्ट रनरअप बने भने कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेन्ड रनरअप घोषित भए। त्यसैगरी, कोच उदय सोताङको टिमबाट प्रतिस्पर्धा गरेकी सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप बनिन्।
विजेता पाण्डेलाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालसहित विशेष अतिथिहरूले पुरस्कार प्रदान गरे। उपाधिसँगै प्रशेष पाण्डेले नगद २० लाख रुपैयाँ र दुई अन्य प्रायोजकबाट १–१ लाख रुपैयाँ प्राप्त गरेका छन्।