काठमाडौ । पछिल्लो राजनीतिक माहोलले पुसको चिसोमा पनि निकै गर्मी बनाइरहेको छ ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरे पछि नेकपा मा मात्र हैन पुरै देशमा ओलिको विरोध भइरहेको छ ।
यसै बीच ओलिको सो कदमको विरोध गर्दै प्रचण्ड र माधव पक्षका सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।
आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर उनीहरुले राजीनामाको घोषणा गरेका हुन् । राजीनामा दिने मन्त्रीहरुमा कृषि मन्त्री घनश्याम भुषाल र पर्यटन मन्त्री योगेश भटराईसहित उर्जामन्त्री वर्षमान पुन, वन मन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री विना मगर रहेका छन् ।