प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गर्नुभएकाे छ ।
संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभएका उहाँले २३ वैशाखमा चुनाव प्रस्ताव राख्नुभएकाे हाे । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ ।
प्रधानमन्त्रीको संसद विघटनकाे प्रस्ताव असंवैधानिक भएकाे प्रतिक्रिया आइरहेकाे छ ।