ललितपुर-२ मा नेकपा एमालेले खोल्यो खाता,प्रेमबहादुर महर्जन निर्वाचित

काठमाडौ - ललितपुर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन् । महर्जन ९ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् । एमालेका महर्जनले १९ हजार ८३४ मत पाएका छन् भने दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका सुदीन शाक्यले १० हजार ४४० मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १० हजार १३६ मत पाउँदा सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका एकीकृत समाजवादीका कृष्णलाल महर्जनको ९ हजार ५३९ मत सहित चौथो भएका छन् । 

प्रतिक्रिया