• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

सबैलाई शेयर पुग्ने गरी अहिलेसम्मको ठूलो आइपिओ सार्वजनिक गर्दै बैंक

काठमाडौ – नेपालमा सक्रिय लगानीकर्ताहरु दश लाख माथि पुगेको भर्खर आइपीओ सार्वजनिक गरेको प्रभु इन्स्योरेन्समा परेको आवेदनबाट प्रष्ट भएको छ ।

कोरोनाले लकडाउन सुरुहुने भन्दा पहिला करिब ३ लाख हाराहारीमा रहेका सक्रिय लगानीकर्ता अहिले ह्वात्तै बढेका छन् । लगानीकर्ता बढेसँगै आइपिओमा सेयर पाउने सम्भावना झिनो बन्दै गएको छ ।

यसै बीच सबै लगानीकर्ताको हात खाली नहुने गरी नयाँ कम्पनिले आइपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र वोर्डमा निवेदन दिएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशन गर्न अनुमति मागेको हो ।

मंसिर ३ गते बसेको साधारणसभाबाट आईपीओ निष्काशनको प्रस्ताव पारित भएपछि बैंकले बोर्ड पुगेको हाे ।

बैंकले जारी गर्न लागेको आइपीओमा प्रत्याभूतकर्ताको काम नागरिक लगानी कोषले गर्नेछ भने शेयर निष्काशन तथा तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

बैंकको अधिकृत पूँजी ४० अर्ब,जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया