प्रभु इन्स्योरेन्सको आइपिओमा किर्तिमानी आवेदन,आधाको हात खाली हुने,कति पर्यो त आवेदन ?

काठमाडौ । भर्खरमात्र आईपीओ सार्वजनिक गरेको प्रभु लाईफ इनस्योरेन्स मा किर्तिमानी आवेदन परेको छ ।

आज सम्म खुलेका मध्य सबै भन्दा धेरै १० लाख ५० हजार हाराहारीमा आवेदकको आवेदन परेको छ । यो किर्तिमानी आवेदन हो ।

आवेदन दिने आज सम्म अन्तिम दिन हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बिहिबार ४ः३० बजेसम्ममा १० लाख ४४ हजार आवेदनबाट २ करोड ७७ लाख शेयरको लागि आवेदन परेको छ ।

यो कम्पनीले सर्वसाधरणलाई निष्काशन गरेको ५४ लाख कित्ताको ५.१२ गुणा बढी हो । गोला प्रथा बाट आवेदन दिने करिब ५० प्रतिशतलाई शेयर दिइने छ भने बाकिको हात खाली हुने छ ।

प्रतिक्रिया