मनकामना स्मार्ट लद्युवित्तको शेयर मूल्य किन बढ्न सकेन ? यस्तो छ कारण

काठमाण्डौ । आज पनि एक महिना पहिलादेखि शेयर बजारमा आईपीओ सार्वजनिक गरि दोस्रो बजारमा आएको मनकामना स्मार्ट लद्युवित्तको शेयर मूल्य अपेक्षी बढ्न सकेको छैन । 

यो अवधिमा निकै न्युन कारोबार भइरहेको कम्पनीको शेयर मूल्य आज सम्ममा ५८८ मात्र पुगेको छ । यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयर खरिद विक्री हुन सकेको छैन भने २ लाख भन्दा धेरै खरिद माग रहेको छ । 

यो कम्पनीको शेयर केवल ३७ हजार हाराहारीले आईपीओ पाएका थिए । बजारमा सप्लाई निकै कम भएका कारण अपेक्षित कारोबार हुन सकेको छैन । साथै मूल्य बढ्नका लागि शेयर खरिद विक्री समेत नरिन्तर हुनु पर्ने नियमका कारण शेयर मूल्य अपेक्षा गरे अनुसार बृद्धि हुन सकेको छैन । 

प्रतिक्रिया