• गृहपृष्ठ /
  • Breaking News ,
  • देश ,
  • मुख्य खबर ,
  • समाचार ,
  • स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो जानकारी दिएको हो । मन्त्रालयका अनुसार ५ हजार ५ सय ५५ जनाको परीक्षण गर्दा ७३६ जनामा संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ९ हजार ७ सय ५७ रहेको छ भने पछिल्लो २४ घण्टामा संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । योसहित नेपालमा मृत्यु हुनेको संख्या १७४३ पुगेको छ । त्यस्तै २४घण्टामा संक्रमणमुक्त हुनेको संख्या ८४७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया