हिजो जारी भएको अध्यादेश तात्तातै फिर्ता लिने तयारीमा ओली

काठमाडौ – सरकारको जिम्मेवार पदमा पुगेर पनि कति केटाकेटी काम गर्छन् भन्ने कुरा हिजो सार्बजनिक भएको अध्यादेश आज फिर्ता लिने मनसायबाट प्रष्ट हुन्छ ।

सवैधानिक परिषद्को बैठक सम्बन्धि प्रावधानलाई सरकारले अध्यादेश मार्फत मंगलवार परिबर्तन गरेको थियो । यो प्रक्रिया १२ घन्टा भित्र पूरा भएको थियो साथै साँझ परिषद्को बैठक पनि बसेको थियो ।

आफ्नै पार्टी र सर्वसाधाणदेखि चर्को आलोचना भए पछि ओली अध्यादेश फिर्ता लिन सहमत भएको खबर आएको छ ।

अध्यक्ष ओलीले यो कुरामा सहमति जनाए पछि पाटीको सचिवालय बैठक बालुवाटारमा बसेको छ ।

प्रतिक्रिया