अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा सञ्चालन हुने

काठमाडौं - अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल आगामी जेठ २ गतेदेखि २४ सै घण्टा सञ्चालनमा आउने भएको छ । हाल दैनिक १८ घण्टा मात्र सञ्चालन हुँदै आएको विमानस्थललाई जेठ २ गतेदेखि पूर्णरूपमा २४ सै घण्टा सञ्चालन गर्ने तयारी गरिएको नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।

हालै सम्पन्न गौतम बुद्ध विमानस्थलको समेत जेठ २ गतेबाटै व्यवसायिक उडान सुरु गर्न लागेको प्राधिकरणले देशका सबैजसो विमानस्थललाई सुचारु राख्न लागेको हो । सोमबार साझ आइकाओको अडिट रिपोर्ट सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थलका साथै तराई क्षेत्रका अन्य आन्तरिक विमानस्थलहरु समेत अब दैनिक १८ घण्टा सञ्चालनमा ल्याइने जनाएको छ ।

यी विमानस्थल यही वैशाख १५ गतेदेखि दैनिक १८ घण्टा सञ्चालन हुनेगरी छ घण्टा थप गर्न लागिएको प्राधिकरणका प्रवन्ध निर्देशक प्रदिप अधिकारीले जानकारी दिए । यसले अहिलेको हवाई ट्राफिक लोडलाई कम गर्नुका साथै यात्रुहरुलाई थप सुविधा पुग्ने उनको भनाइ छ । 

प्रतिक्रिया