ओम मेगाश्री फर्मास्युटिकल्सले माघ २१ देखि आइपीओ निष्कासन गर्ने

काठमाण्डौ - ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड सेयर बजारमा भित्रिने पहिलो औषधि कम्पनी बनेको छ। कम्पनीले माघ २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि आफ्नो पहिलो आइपीओ (प्रारम्भिक सार्वजनिक प्रस्ताव) निष्कासन गर्ने निर्णय गरेको छ।

कम्पनीले १ लाख ८० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूको लागि निष्कासन गर्ने भएको हो। यसका लागि नेपाल धितोपत्र बोर्डबाट कुल १८ लाख कित्ता प्राथमिक सेयर जारी गर्ने अनुमति प्राप्त भएको छ। जसको १० प्रतिशत अर्थात १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि बिक्री गरिनेछ।

कम्पनीले ५४ हजार कित्ता सेयर कर्मचारीहरूको लागि र ९० हजार कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित राखेको छ। बाँकी १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिनेछ।आइपीओ निष्कासन र बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहनेछ। लगानीकर्ताले फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने न्यूनतम कित्ता १० र अधिकतम १० हजार कित्तासम्म राखिएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्वा सदस्य बैंक र वित्तीय संस्थाहरु, तिनका शाखा कार्यालय र मेरो सेयर अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया