पोखरा– मुस्ताङ मुक्तिनाथ केबलकारको डिपिआर तयार

काठमाडौं–मुक्तिनाथ दर्शन प्रालिले कास्कीको बिरेठाँटीबाट मुस्ताङको मुक्तिनाथ जोड्ने केबलकारको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरेको छ । पोखराबाट मुस्ताङको मुक्तिनाथ जोड्ने केबलकार परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार भएपछि लगानी बोर्डमा पेश भएको छ ।

८०.१६ किलोमिटर लामो प्रस्तावित केबलकार बिरेठाँटी, घोडेपानी, तातोपानी, लेते, कोबाङ, टुकुचे मार्फा, जोमसोम हुँदै मुक्तिनाथसम्मको हुनेछ । अध्ययनका लागि कठिन भएपछि अस्ट्रेलियाको एएमएम कम्पनीलेसेस्ना एफ ४०६ क्याराभान जहाज प्रयोग गरी भौगर्भिक अवस्थाको बारेमा अध्ययन गरेको थियो ।

प्रतिवेदन लगानी बोर्डमा पेश भएको छ । केबलकारसहित चारवटा ठूला परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन लगानी बोर्डमा बुझाएका छन् ।
त्यसैगरी, फ्ल्यास फ्रेट लस्जिटिक एन्ड इन्टरनेसनल कार्गाे टर्मिनल एन्ड इन्फ्रास्ट्रक्चर प्राइभेट लिमिटेडले वीरगन्ज र भैरहवामा निर्माण हुने प्राइभेट फ्रेट टर्मिनल एन्ड बल्क ह्यान्डलिङ फेसिलिटिज परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन पनि तयार भएको छ ।

त्यसैगरी, सिजी लजिस्टिङ प्रालि र सर्राफ ग्रुपले विराटनगरमा निर्माण गर्ने मल्टिमोडल लजिस्टिक पार्क परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन पनि तयार गरेको छ ।

प्रतिक्रिया