काठमाडौं - साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अङ्कले घटेर बन्द भएको छ । नेप्से घटे पनि कारोबार रकम भने औसत रहेको छ ।
आज नेप्से करीब ३२ अङ्कले घटेर समग्र बजार २०६७ विन्दुमा आएको छ । त्यस्तै कारोबार रकम ४ अर्ब १८ करोडमाथि पुगेको छ ।
आज कारोबार भएका ३०९ कम्पनी मध्य १९ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी सबैको घटेको छ । आज पनि हिमालयन रिइन्स्योरेन्सको सबै भन्दा धेरै कारोबार हुँदा यो कम्पनीको शेयर मूल्य १९ रुपैयाँ भन्दा धेरैले घटेको छ ।
यो साता नेप्से सुरुवाती ३ दिन बढेको छ । जस अनुसार सूचक करिब ३० अंक माथि गएको छ भने बाँकी दुई दिन दोहोरो अङ्कले घटेको छ । यो दुई दिनमा नेप्से ५० अंक भन्दा धेरैले घटेको छ । समग्रमा भन्नु पर्दा लगानीकर्ताको लागि यो साता सुखद हुन सकेन।