आईएमई लघुवित्तले २९ प्रतिशत लाभांस दिने

काठमाडौ – आइएमई लघुवित्त ले आफ्ना शेयर सदस्यहरुलाई २८.९२ प्रतिशत लाभांस दिने घोषणा गरेको छ ।

सो कम्पनीको आईतबार बसेको सञ्चालक समितिको बैठकले २७.४७ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित नगद लाभांश १.४५ गरी कुल २८.९२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सामान्य प्रक्रिया भन्दा फरक शैलीमा कम्पनीले सो सूचना सार्वजनिक गरेको छ ।

शेयर बजार नखुलेको समयमा उक्त लघुवित्तको सूचना बाहिर आएकोमा खासै आपति त मानिदैन् । तर, नेप्सेले सूचना जारी गरेपछि मात्र अन्य कम्पनीको सूचना बाहिर आउने गरेकोमा ग्लोबल आईएमई लघुवित्तको भने त्यो भन्दा फरक तरिकाले लाभांश घोषणाको सूचना बाहिर आएकोमा आश्चर्य मानिएको छ ।

प्रतिक्रिया