काठमाडौं–प्रभु लाइफ इन्स्योरेन्सको आईपीओमा लगानीकर्ताको आकर्षण देखिएको छ । आईपीओ खुलेको पहिलो दिनमै माग भन्दा धेरै आवेदन परेका छन् ।
प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार सोमबार अफिस समयमा १.६० गुणा बढी आबेदन परेको छ । कम्पनीका अनुसार २ लाख ७६ हजार आबेदनबाट ८६ लाख ३२ हजार कित्ता अर्थात ८६ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर माग भएको छ ।
सर्वसाधरणलाई ५४ लाख कित्ता आईपीओ खुलाएको थियो ।
कम्पनीले सोमबार देखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गरेको भए पनि ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारी, ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई विनियोजन गरिएको थियाये । आईपीओ आवेदन धेरै पर्ने भएकाले पुस २ गतेसम्म आवेदन गर्न सकिने देखिन्छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५००० कित्तासम्मका लागि आवेदन गर्न सक्छन् ।
प्रभु इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्ने भएको छ ।