बिष्णु माझीको आवाजमा भीरमा सेती गाई,शिव हमालको सांगीतिक उचाईं झन् थप्ने गीत

काठमान्डौ – लोकप्रिय सर्जक शिव हमालको दमदार शब्द तथा सुमधुर लय सिर्जना रहेको नयाँ गीत भीरमा सेती गाई भर्खर मात्र सार्वजनिक भएको छ ।

यसो त हमालले निकै तिखा शब्द लेख्छन् भने उस्तै सुमधुर लय सिर्जना गर्छन । यो गीतले पनि शिवको सांगीतिक यात्रामा एक सुनौलो यात्रा साबित गर्ने छ ।

बिष्णु माझी र विरु लामाको आवाज रहेको गीतले विषय वस्तु भने माया प्रेमलाई नै बनाएको छ तर फरक धार बाट ।

गीतलाई मौसम हिमालिले निकै कलात्मक निर्देशन गरेका छन् भने सागर लम्साल र रुबिना अधिकारीले अभिनय गरेका छन् ।

प्रतिक्रिया