कर्मचारीलाई सातामा दुई दिन बिदा दिँदा १ अर्ब ६५ करोड बचत

काठमाडौं–पर्यटन प्रवद्र्धन गरेर मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले सरकारी कर्मचारीलाई सातामा दुई दिन बिदा दिने तयारी गरेको छ । सकारले सातामा शुक्रबार र शनिवार बिदा दिने प्रस्ताव मन्त्रिपरिषद्ममा लैजाने प्रक्रिया अघि बढाएको छ । यसरी सातामा दुई दिन बिदा दिँदा राज्यको ढुकुटीबाट १ अर्ब ६५ करोड रुपैयाँ बचत हुने एक अध्ययनले देखाएको छ ।

दुई दिन बिदा दिँदा हुने फाइदा र बेफाइदाको बारेमा पर्यटन मन्त्रालयका प्रवक्ता कमल भट्टराईको संयोजकत्वमा गठित कार्यदलले यस्तो निष्कर्ष निकालेको हो । कार्यदलमा समितिमा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मी, गृह मन्त्रालयका उपसचिव बासुदेव घिमिरे, अर्थ मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायतका प्रतिनिधि रहेका थिए ।

दुई दिन बिदा दिँदा राज्यको ढुकुटीको बचत मात्र नभएर लैगिंक समानता कायम हुने, आन्तरिक पर्यटन वृद्धि हुने, परिवारमा मिलन आउने कार्यदलको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, कर्मचारी, कार्यालय र संस्थाहरूको उत्पादकत्व वृद्धि हुने, सरकारी खर्च कटौती हुने, कोरोना भाईरसका कारण हाल थला परेको पर्यटन प्रवर्दनमा सहयोग पुग्ने, र व्यक्तिगत जीवनबीचको सन्तुलन कायम हुने, पारिवारिक सामिप्यता कायम हुने, पर्यावरणीय दृष्टिले सकारात्मक प्रभाव बताइएको छ । विश्वका ८८ भन्दा बढि मुलुकमा सातामा दुई दिन बिदा दिने प्रचलन रहेको छ ।

हप्तामा दुई दिन विदा दिने पद्धति यसअघि २०५६सालमा प्रयोग ल्याएको भए पनि अव्यवहारिक भएको भन्दै रोकिएको थियो ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले मजदुरका लागि हप्तामा ४० घण्टा काम गर्ने मापदण्ड बनाएको छ । तर हप्तामा दुई दिन बिदा दिने हो भने आइएलओले बनाएको मापदण्ड भन्दा मजदुरले काम गर्ने समय कम हुने विज्ञहरूको भनाइ छ ।

पर्यटनले बनाएको मस्यौदामा विश्वका कयांै देशमा हप्तामा दुई दिन सार्वजनिक बिदाको अभ्यास हुँदै आएको उल्लेख छ ।

प्रतिक्रिया