• गृहपृष्ठ /
  • Breaking News ,
  • देश ,
  • मुख्य खबर ,
  • समाचार ,
  • स्वास्थ्य

पछिल्लो २४ घण्टामा ८३० जनामा संक्रमण पुष्टि

बितेको २४ घण्टामा देशभर ८३० जना संक्रमित थपिएका छन् । पछिल्लो समय परीक्षण दर नै घटेपछि संक्रमित पनि घटेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ५ हजार १८१ जनाको पीसीआर परीक्षण भएको छ ।
यस्तै बितेको २४ घण्टामा १५०० जना निको हुँदा थप ९ जनाको मृत्यु समेत भएको छ ।

यससँगै देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ भने निको हुनेको संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ । यस्तै मृतकको संख्या १६९८ पुगेको छ ।
हाल देशभर ११ हजार भन्दा कम सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार आइतबारसम्म १० हजार ९९४ जना सक्रिय संक्रमित रहेका हुन् ।

प्रतिक्रिया